Techie IT
  • ३१ भदौ २०८१, सोमबार
Nepal Gyan

शेयरबजार

सम्हालिन खोज्दै नेप्से, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै १.९१ प्रतिशतले बढेको छ


काठमाडौँ । बिहीबार नेप्से सूचक सामान्य अंक घटेर बन्द भएको छ। कारोबार समयभरी नै खासै ठूलो उतारचढाव नदेखिएको बजार अन्तिममा सामान्य अंकले घटेर बन्द भएको छ।

अघिल्ला दिनहरुमा उच्च अंकले घट्दै आएको नेप्से सूचक साताको अन्तिम कारोबार दिन बिहीबार भने धेरै घटबढ् भएन्। बिहीबार नेप्से सूचक सम्हालिन खोजेको देखिन्छ।

यस दिन नेप्से सूचक ०.६२ अंकले घटेर २८७५.९७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १.५३ अंकले घटेको छ।

बिहीबार कारोबार रकम भने केहि बढेको छ। बुधबार ७ अर्बभन्दा कमको कारोबार भएकोमा बिहीबार कारोबार रकम ७ अर्ब माथि पुगेको छ। यस दिन २३० वटा कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ। केहि हाइड्रोपावर कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ भने अन्य धेरै हाइड्रोपावर कम्पनीको शेयरमूल्य सकारात्मक देखिन्छ।

बिहीबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै १.९१ प्रतिशतले बढेको छ। यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स उपसमूहको सूचक भने सबैभन्दा धेरै १.२८ प्रतिशतले घटेको छ।

बिहीबार उच्च रुपले बढ्ने कम्पनीमा अधिकाँश हाइड्रोपावर कम्पनी रहेका छन्। यस दिन हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशत, रैराङ हाइड्रोपावरको ९.२२ प्रतिशत, ग्रिन लाइफ हाइड्रोपावरको ९ प्रतिशत, माउन्टेन हाइड्रोकाे ७.४१ प्रतिशत र युनियन हाइड्रोको ७.३२ प्रतिशतले बढेको छ।

यसैगरी रिद्धि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ भने आइसिएफसि फाइनान्सको ४.०२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको २.९४ प्रतिशत, युनिलिभर नेपालको २.८४ प्रतिशत र गोर्खाज फाइनान्सको २.७७ प्रतिशतले घटेको छ।

यस दिन रिद्धि हाइड्रोपावरको सबैभन्दा धेरै ४९ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४८ करोड ८५ लाख, रैराङ हाइड्रोपावरको ३३ करोड ६५ लाख र युनाइटेड मोदी हाइड्रोपावरको ३१ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।


क्याटेगोरी : शेयरबजार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!