Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

आर्थिक नीति सुधार्ने गरी काम गर्छु : आर्थिक मामिलामन्त्री आले


गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशको खस्कँदो आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रबार पदभार ग्रहण गरेपछि तनहुँ आउनुभएका मन्त्री आलेले नेपाली कांग्रेस तनहुँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा आफ्नो कार्यकालमा प्रदेशवासीको आर्थिक सुधारको कार्यक्रम नै मुख्य प्राथमिकतामा पर्ने बताउनुभयो । “अहिले मुलुकको आर्थिक अवस्था खस्कँदो छ । प्रदेशको आर्थिक अवस्थालाई सुधार गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ”, उहाँले भन्नुभयो ।

मन्त्री आलेले आफूले जिल्ला र प्रदेशका जनतामाथि विश्वासघात नगर्ने बताउँदै नागरिकको हितलाई केन्द्रमा राखेर इमान्दारीपूर्वक मन्त्रालयको क्षेत्राधिकारलाई सदुपयोग गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशको आगामी बजेटमा जनमैत्री कार्यक्रम पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारी, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठलगायतले प्रदेशको खस्कँदो आर्थिक अवस्थालाई सुधारेर जनताको मन जित्ने कार्यमा जुट्न सुझाव दिनुभएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : अर्थ, राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!