Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको निर्देशन


गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोसीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।

नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक पर्ने भन्दै तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको हो ।

सेनाले कटान पीडितलाई आवश्यक परेमा तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएको छ ।
सप्तकोसीको कटानका कारण दुई हजार चार सय घर परिवार विस्तापित हुने भएकाले उनीहरूलाई अन्यत्रै स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!