Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

अल-काइदाका प्रमुख अल जवाहिरीको अमेरिकी सेनाको ड्रोन आक्रमणमा मृत्यु


अमेरिकी राष्ट्रपति जो बाइडनले आतङ्ककारी समूह अल-काइदाका प्रमुख नेता आएमन अल जवाहिरीको अमेरिकी सेनाको आक्रमणमा मृत्यु भएको पुष्टि गर्नु भएको छ ।

अमेरिकी गुप्तचर संस्था सिआइएले आइतबार अफगानिस्तानको राजधानी काबुलमा गरेको ड्रोन आक्रमणमा अल-काइदाका नेता जवाहिरीको मृत्यु भएको राष्ट्रपति बाइडनले उल्लेख गर्नुभयो ।

सन् २०११ मा ओसामा बिन लादेनको मृत्यु पछि अल जवाहिरीले अलकाइदाको नेतृत्व गरेका थिए ।

अल जवाहिरी अमेरिकीमा सन् २००१ मा भएको आतङ्ककारी हमलाका मुख्य योजनाकारका रुपमाा लिइन्छ ।

“नाइन इलाभेन” नाम दिइएको त्यस घटनामा दुई हजार नौ सय छयानब्बे जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : विश्व

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!