Techie IT
  • ७ मंसीर २०८१, शुक्रबार
Nepal Gyan

अहिलेको करेक्सनलाई कसरी लिन्छन् लगानीकर्ता ?

के भन्छन बजारका जानकारहरु ?


निरन्तर रुपमा बढेको बजार एकाएक करेक्सन तर्फ मोडिदा बजारले अब घट्दो गति समाउने त होइन भन्ने आंशका लगानीकर्तामा पर्न थालेको छ। बजार बढेर उच्च विन्दुमा पुगेको समयमा शेयर बजारमा आएको करेक्सनले लगानीकर्तालाई त्रसित बनाएको हो।

बजार बढ्नु र घट्नु स्वभाविक हो। तर छोटो समयमा ठूलो अंकको उतार चढावले तनाब गराउने गरेको लगानीकर्ताहरुको भनाई छ।

ब्याजदर विस्तारै बढ्नु, बैंकिङ प्रणालीमा तरलता कमी हुँदै जानु र नियामकीय तहबाट नै मार्जिन कर्जामा कढाई हुनुले बजारमा त्यसैको ठूलो प्रभाव पर्ने हो कि भन्ने आशंका पर्न थालेको देखिन्छ।

बजारमा हुने सामान्य उतार चढाबलाई आफूले सामान्य रुपमा लिने गरेको लगानीकर्ता जीवन केसी बताउछन्। तर यस पटकको बजारमा देखिएको करेक्सनले आफू डराएको बताए। यसपाली बजारमा देखिएको करेक्सन छोटो अवधिमा नै धेरै अंकको घट्बढ् भएकाले बजारले घट्दो गति समाउने हो कि भन्ने डर लाग्न थालेको उनी बताउछन्।

प्रकृतिक रुपमा शेयरको माग र आपूर्तिकाे सिद्धान्त अनुसार बजारमा हुने उतार चढाबलाई सामान्य रुपमा लिए पनि अप्राकृतिक रुपमा बजारमा हुने गरेको परिवर्तनलाई सामान्य रुपमा लिन नसकिने उनको बुझाई छ।

अहिलेको अवस्थामा नियामक निकायको तर्फबाट पनि बजारलाई नियन्त्रण गर्न खोजिएको छ। बैंक तथा वित्तीय संस्थाहरुले तरलता घट्न थालेको भन्दै ब्याजदर बढाउन थालेको हुँदा बजारमा त्यसको प्रभाव नकारात्मक रुप लिदा घट्छ कि भन्ने डर रहेको उनी बताउछन्।

बजारलाई नियमन तहबाट नै नियन्त्रण हुन थालेपछि त्यसलाई मौका बनाएर केही लगानीकर्ताले चलखेल गर्न खोजिरहेको उनको आरोप छ। जसका कारण ठूलो अंकको फ्रक्चुयसन बजारमा भएको उनको बुझाई छ। धेरै अकंको गिरावबाट लगानीकर्ता डराउने अवस्था आयो भने तत्काल बजार उठ्न मुस्किल हुन सक्ने उनको भनाई छ। त्यसैले बजारमा लगानीकर्ता डराउने भन्दा पनि विश्वस्त हुन सक्ने वातावरण बनाउनु पर्नेमा उनको जोड रहेको छ ।

साधारणतया सामान्य रुपमा हुने बजारमा कम अंकको बढ्ने र घट्ने हुन्छ । तर यसपाली एकै दिनमा ठूलो अंकको गिरावट भएको हुँदा भने केही शंका गर्ने बाटो बनेको उनको भनाई छ।

निरन्तर रुपमा बढेर करिब ३२ सय नजिक पुगेको शेयर बजारमा गत हप्तादेखि द्रुत रुपमा करेक्सन भएको छ। करिब १० दिनको अन्तरमा ३५० अंकको करेक्सन भइसकेको छ। यसरी छोटो समयमा बजारमा ठूलो अंकको गिरावट भएपछि लगानीकर्ताहरु अतालिएका हुन् ।

यस अवधीमा घट्दा मात्र नभए बजार बढ्दा पनि उच्च अंकको वृद्धि भएको छ। गत सोमबार एकै कारोबार दिनमा नेप्से झण्डै १६२ अंकको बढोत्तरी भएको थियो। बजारमा हुने यस्तो प्रकारको हलचललाई स्वभाविक मान्न नसकिने लगानीकर्ताहरुको बुझाई छ ।

के भन्छन बजारका जानकारहरु ?

केहि कारोबार दिनदेखि निरन्तर रुपमा बजारमा करेक्सन हुन थालेसँगै आम लगानीकर्ता त्रससित हुन थालेका छन्। तर बजारको बारेमा जानकारी राख्ने जानकारहरुले अहिले नै बजार नघट्ने बताएका छन्।

बजारमा अहिले नै बुलको अन्त्य नभएको शेयर बजारका विश्लेषक हेमन्त बस्यालले बताए। अहिलेको बजार आगामी हप्ता नै ३२ सयको विन्दुलाई पछ्याउदै अगाडि बढ्यो भने बजारमा बुलिस गतिमा नै हुनेछ।  यदि त्यो भन्दा माथि पुगेन र फेरी करेक्सन हुन सुरु गर्यो भने घट्न सक्ने सम्भावना रहने बस्यालले बताए ।

उनले भने, “नेप्से सूचक बजारमा हल्ला गरिएको जास्तो १० हजार विन्दु माथि पुग्छ भन्ने पनि होइन। अहिले बजार बुलरनको फाइनल चरणको सुरु भएको जस्तो देखाएको छ । बजारमा बुलको निरन्तर हुन्छ। अब केहि समयको लागि आक्रमक रुपमा बजार बढ्न सक्ने देखिन्छ ।”

अहिलेको बजार कृतिम रुपमा पो झारिदै छ कि भनेर शंका गर्ने ठाउँहरु पनि प्रशस्तै रहेको बस्यालको भनाई छ। यदि  पेनिक सेल हो भने बजारमा खरिदकर्ता कम हुन्छन्। तर बजारमा बिक्री चाप बढेसँगै खरिदकर्ताहरु पनि उत्तिकै देखिन्छन्। त्यसैले गर्दा बजार अझै  घट्दैन भन्ने विश्वास आम लगानीकर्तामा रहेको उनको बुझाई छ।

तर अहिलेको यो नै कृत्रिम करेक्सन हो भनेर बुझ्नको लागि सम्बन्धीत निकायले थप अध्ययन गरेर बजारमा भएको गतिविधिलाई निरिक्षण गर्नुपर्ने उनको बुझाई रहेको छ । बस्यालले मेरो लगानीसँग भने “बुलरनको अन्त्य अहिले नै भएको छैन् ।”

यो करेक्सनबाट बजारले फाइनल बुल दिनको लागि केही तयारी गरिरहे जस्तो देखिएको उनको अनुमान छ । बजारमा अहिले त्यस्तो सेक्टरहरु रहेका छन् जहाँ बुलरनले हिट गरिसकेको छैन अबको झड्का उक्त क्षेत्र सहित एग्रेसिभ बुल देखाउछ र त्यसपछि बुलरनको अन्त्य हुन सक्ने उनको अनुमान रहेको छ।

अतः बजार घटबढ हुनु स्वभाविक हो। तर बजारमा हुने घट्बढका कारण लगानीकर्ताको भावना समेत प्रभाव परेको हुन्छ। उच्च विन्दुमा रहेको समयमा बजारसँग सम्बन्धीत सरोकार राख्ने सबै निकायहरु थप जिम्मेवार हुनु जरुरी देखिन्छ। यस्तो बेलामा बजारमा हुने चलखेललाई नियन्त्रण गरी बजार सन्तुलन राख्दै आम लगानीकर्ता बजार प्रति विश्वस्त हुन सक्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ।


क्याटेगोरी : समाचार, शेयरबजार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!