Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

नागरिक सुरक्षाका लागि कसैसँग सम्झौता हुँदैन– प्रहरी नायब महानिरीक्षक बाँस्तोला


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बाँस्तोलाले नागरिक सुरक्षाका लागि नेपाल प्रहरीले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

कार्यालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले नेपाल प्रहरीले आन्तरिक शुद्धीकरण गर्नुका साथै नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवामा पनि जोड दिइएको बताउनुभयो ।

फरार अपराधीलाई पक्राउ गर्न तीव्रता दिइएको, हराएका नागरिक खोज तलासमा ध्यान दिइएको र सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करीजस्ता घटनालाई पूर्णरूपमा नियन्त्रण एवं न्यूनीकरण गर्न गस्ती परिचालन गरिएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले सङ्गठनभित्र रवाना कार्यान्वयन र स्मार्ट प्रहरी कार्यालय व्यवस्थापनमा पनि जोड दिइएको जानकारी दिनुभयो ।

समन्वय र सहयोगको पद्धतिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ काम गरिरहेको प्रहरीको निगरानी र क्रियाशीलताले चोरी तस्करी कम भएको, भन्सार छली ल्याउने सामान धमाधम पक्राउ परिरहेको र सवारी दुर्घटनाजस्ता घटनामा पनि कमी आएको उहाँको भनाइ थियो ।

उहाँले नागरिक सुरक्षा, सुशासनबाट नै आम नागरिकमा समृद्धि आउने भएकाले शान्ति सुरक्षाको विषयमा र अपराध अनुसन्धान एवं खोजीमा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठनले सामुदायिक साझेदारी प्रहरी कार्यक्रम, ट्राफिक व्यवस्थापन, आत्महत्याजस्ता घटनालाई न्यून बनाउन व्यापक सचेतनाको अभियान सञ्चालन गर्ने बताउनुभयो ।

प्रहरीप्रति नागरिकको विश्वास बढाउन विगतका अभियानलाई तीव्रता दिने जनाउँदै प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले प्रदेशमा काजमा रहेका प्रहरीलाई व्यवस्थापन गर्ने र नागरिकको स्वतन्त्रतापूर्वक जिउने अधिकारलाई रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!