Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

बागमती करिडोरका विभिन्न सडकमा मर्मत हुँदै


राजधानी काठमाडौँका मुख्य सडकको जाम कम गर्न निर्माण गरिएको बागमती करिडोरका विभिन्न स्थानमा सडकको मर्मत अघि बढाइएको छ ।

करिडोरका कतिपय खण्डमा ट्र्याक खोल्न नै बाँकी हुँदा कतिपय खण्डमा पहिले बनिसकेका सडक भत्कन थालेकाले मर्मत अघि बढाइएको हो । चालु आर्थिक वर्षमा बागमती करिडोरमा झण्डै आठ किलोमिटर सडकमा कालोपत्र थप्ने काम (ओभर ले) गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी एवं इञ्जिनियर कमल अर्यालले बताउनुभयो ।

ललितपुरतर्फ बल्खु पुलबाट कालोपुलसम्म सडकमा ‘ओभर ले’ भइरहेको छ । मनोहरा दोभानबाट तीनकुनेको पुलसम्म, गोठाटार पुलबाट गोकर्णसम्म र जोरपाटीको पुल हुँदै माकलबारीसम्म पनि मर्मतको काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बढी बिग्रिएको सडकमा मर्मत भइरहेको छ ।”

विगतमा अरु निकायले पुल बनाएकामा त्यसको मुनिको सडक (अण्डर पास) खुलाउने काम पनि भइरहेको समितिले जनाएको छ । तीनकुने पुल र भत्केको पुल दुवैमा अहिले पुलमुनि सडक निर्माण भइरहेको इञ्जिनीयर अर्यालले बताउनुभयो । तीनकुने पुलमा मुनि दुवैतर्फ अण्डरपासको काम भइरहेको छ । त्योभन्दा माथि भत्केको पुलमा पनि देब्रेतर्फ अण्डरपासको काम भइरहेको उहाँले बताउनुभयो ।

समितिले करिडोर निर्माण, मर्मत, ढल बिच्छ्याउने, पार्क निर्माणलगायतका काम सँगसँगै अघि बढाइरहेको छ । तीनकुने पुलबाट तल्लो भागमा पार्कको निर्माण भइरहेको उहाँले बताउनुभयो ।

बागमती करिडोर निर्माण सुरु भएको साढे दुई दशक भइसकेको छ । करिडोर कतिपय स्थानमा सम्पन्न भइसकेका छन् भने कतिपय ट्र्याक मात्रै खुल्दा पनि सवारीसाधन चल्न थालेका छन् । खासगरी जोरपाटीबाट गौशालासम्म र दोभानबाट बल्खु खण्डमा सवारीसाधनको चाप बढी रहेको पाइएको छ । जम्मा ४४ किलोमिटर लम्बाईको सो करिडोरको शुरुको विन्दु बागमती नदीको उद्गम स्थान बागद्वार हो भने अन्तिम विन्दु रातो मछिन्द्रनाथको जात्रासँग सम्बन्धित कटुवाल दह रहेको छ । सुरु र अन्तिम विन्दुतर्फ भने ट्र्याक खोल्ने काम भइसकेको छैन ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!