Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

मकवानपुरमा पाँच सय १२ किलो गाँजासहित दुई पक्राउ


मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ किलो नौ सय ग्राम गाँजासहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उत्तमको घरबाट छ बोरामा प्याक गरिएको एक सय ८४ किलो एक सय ग्राम र राधाकृष्णको घरबाट १२ बोरामा प्याक गरिएको तीन सय २७ किलो आठ सय ग्राम गरी कूल पाँच सय ११ किलो नौ सय ग्राम गाँजा बरामद गरी घरधनीलाई गिरफ्तार गरिएको हो ।

उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उत्तमको घरबाट नगद रु ५५ हजार तीन सय ६५ पनि बरामद गरेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!