Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

अखाद्य वस्तु मिसावट गरी मह उत्पादन, एक पक्राउ


नेपाल प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले अखाद्य वस्तु मिसावट गरी अवैधरूपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको सूचनाका आधारमा सत्याललाई उद्योगबाटै पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले सत्यालसँग सात सय बट्टा तयारी मह र ४० बाल्टिन कच्चा पदार्थ बरामद गरेको छ । उक्त महको बजार मूल्य रु पाँच लाख रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!