Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली


नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताउनुभएको छ ।

उहाँले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै ओलीले ढुङ्गा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपूर्ण रूपमा लाग्न पहिचानवादीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पहिचान र समावेशीताका लागि एमालेले नै अग्रसर भएर लडाइँ लडेको स्मरण गर्नुभयो ।

अध्यक्ष ओली लगायतका नेतालाई पहिचानवादीले मेची राजमार्गमा अवरोध गरेका थिए । उनीहरूले इलाम बजारमा जुलुस तथा कालो झण्डा देखाएका थिए । प्रदर्शन र कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरी छाडेको थियो । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनकारीले अध्यक्ष ओलीलगायतका नेता विरुद्ध नाराबाजी गरेका हुन् ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!