Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

घरघरमा बालबालिका खोज्दै स्वास्थ्यकर्मी


जिल्लामा रहेका सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविका बालबालिकाको खोजीमा जुटेका छन् । वैशाख महिनालाई खोप महिनाका रूपमा सरकारले मनाउने निर्णय गरेसँगै यतिखेर जिल्लाका सात पालिकामा रहेका चार सय ६२ स्वास्थ्य स्वयंसेविका र स्वाथ्यकर्मी बालबालिकाको खोजीमा लागेका हुन् ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार खोप नलगाएका बालबालिकाको खोजी गर्दै स्वास्थ्यकर्मी र स्वयंसेविका हरेक घरघरमा पुगेका छन् । पाँच वर्षमुनिका नियमित खोपमा नआएका बालबालिकाको खोजीमा उनीहरूलाई परिचालन गरिएको उहाँले बताउनुभयो ।

बच्चा जन्मिएसँगै दिइनुपर्ने दादुरा, रुबेला, बिसिजी, टाइफाइडलगायतका १३ वटा खोपमध्ये कुनै एक छुटेको भएसमेत लगाउने व्यवस्था गर्नका लागि यो अभियान सञ्चालनमा ल्याइएको हो । केसीका अनुसार ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा पु¥याउनका लागि अभियान सार्थक बन्नेछ ।

यसका लागि अहिले वडावडामा तथ्याङ्क सङ्कलन, विद्यार्थी भर्ना अभियानका क्रममा विद्यार्थी र शिक्षकमार्फत पूर्ण खोपको बारेमा जानकारी गराउने, विद्यालय नर्स र स्वास्थ्य संस्थाको समन्वयमा पूर्ण खोपको बारेमा कक्षा सञ्चालन गर्नेलगायतका काम भइरहेको उहाँले बताउनुभयो । अभियानकै क्रममा नियमित खोपमा नआएका बालबालिकालाई वैशाख १५ र ३१ गते स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रमसमेत रहेको उहाँले जानकारी दिनुभयो ।

वैशाख मसान्तसम्ममा सबै वडा, स्थानीय तह पूर्ण खोप सुनिश्चितता भएको प्रमाणीकरण गर्ने गरी अभियानलाई तीव्र बनाइएको उहाँले बताउनुभयो । हरेक वर्ष वैशाख महिनामा मनाइने खोप सप्ताहलाई मध्यनजर गर्दै सरकारले यस वर्ष खोप महिनाको रूपमा मनाउन लागेको हो । जिल्लामा यस वर्ष ५० हजार नौ सय ३१ जना बालबालिका पाँच वर्षमुनिका रहेका छन् ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!