Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल


रामेछापको खाँडादेवीकी बालकुमारी खड्काले छोरा गणेशकुमार खड्काको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचार सहयोगका लागि अपिल गर्नुभएको छ ।

मिर्गौला दान गर्न कान्छी छोरी तयार भए पनि धरौटी र उपचार खर्च अभाव भएको उल्लेख गर्दै बालकुमारीले सहयोगका लागि सबैमा आग्रह गर्नुभएको हो । डेढ वर्षदेखि गणेशकुमारका दुबै मिर्गौलाले काम गर्न छाडेको छ । हाल उहाँ काठमाडौँमा उपचाररत हुनुहुन्छ ।

“छोरा गणेशको प्राण बचाउन दुवै मिर्गौला फेर्नुपर्ने भएको छ । मेरी कान्छी छोरी मिर्गौला दान दिन तयार छिन् । तर धरौटी राख्न रु पाँच लाख अझै जुट्न सकेको छैन”, उहाँले भन्नुभयो । बाइस वर्षीय छोरालाई सक्दो सहयोगका लागि ९८६९२७५८०१ नम्बरमा सम्पर्क गर्न तथा गणेशको नाममा लक्ष्मी बैँकको बनेपा शाखामा रहेको खाता नं ००३२०१५९७१२ मा सहयोगका लागि बालकुमारीले अपिल गर्नुभएको छ ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!