Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगियो


फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो । विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त जहाज अहिले गन्तव्यतर्फ उडिरहेको छ । काठमाडौँ विमानस्थलबाट उडेको केहीबेरमै जहाजको इञ्जिनमा समस्या आएपछि धादिङको धार्केमाथिको आकाश (२१ हजार फिटमाथि) मा पाँचदेखि सात मिनेट होल्ड गराइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो । विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताउनुभयो ।

जहाजको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र अहिले दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले जहाज गन्तव्यमै सामान्यरूपमा अवतरण हुने विमानस्थलले उल्लेख गरेको छ ।

उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ । करिब एक घण्टा उडान स्थगित गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त जहाज अहिले सामान्य अवस्थामा गन्तव्यतर्फ उडिरहेको छ । विमानस्थलको उडान पनि अहिले सामान्य अवस्थामा सञ्चालन भइरहेको छ ।

विमानस्थलको अवस्था अहिले सामान्य भइसकेको महाप्रबन्धक तिवारीले बताउनुभयो । जहाज नेपालगञ्जबाट भारततर्फको रुट भएर २८ हजार फिटमा उडान भरेर गन्तव्यतिर गइरहेको विमानस्थलले जनाएको छ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फ्लाई दुबई सुरक्षितरूपमा आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत विमान सुरक्षित रहेकाले कसैलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ ।

काठमाडौँ, ११ वैशाख

#Nepalgyan #News #Kathmandu #Nepal

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!