Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

महिला कृषकलाई तरकारी खेती तालिम


हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ ।

‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकका लागि तालिम सञ्चालन गरिएको कृषि शाखा नायबसुब्बा विमला सिंहले बताउनुभयो । कम्तीमा महिलाको भान्सामा अग्र्यानिक तरकारी पुग्न सकोस् भन्ने उद्देश्यले सञ्चालित तालिमबाट महिलाले जीविकोपार्जनसमेत गर्न सक्ने भएकाले तालिम सञ्चालन गरिएको सिंहले बताउनुभयो ।

वडा नं ६ माथिल्लो गाउँका १५ दलित महिला कृषकलाई लक्षित गर्दै सञ्चालन गरिएको तालिमको सहजीकरण सिंह र जेटिए सुन्दर रावतले गरेका थिए । तालिममा सहभागी १५ दलित महिला कृषकलाई ग्रिनहाउस निर्माणका लागि प्रतिमहिला एक–एक थान त्रिपाल वितरण गरिएको थियो । साथै उनीहरुलाई तरकारीको बीउ निःशुल्क वितरण गरिएको थियो ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय हुम्लालाई काठमाडाँैको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको छ । हेल्थ ट्रष्टबाट तीन सय १८ प्रकारको औषधि सहयोग प्राप्त भएको कार्यालयका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले बताउनुभयो । ट्रष्टले रु चार लाख ५० हजारको औषधि सहयोग गरेको हो ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!