Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

आगो निभाउने क्रममा वृद्ध घाइते, पाँच गोठ जले


गुल्मीको छत्रकोट गाउँपालिकामा आगो निभाउने क्रममा एक वृद्ध घाइते हुनुभएको छ । छत्रकोट–२ का ७१ वर्षीय सूर्यबहादुर रजाली आज आगो निभाउने क्रममा आगलागीमा परी घाइते हुनुभएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक नीवनकुमार खड्काले जानकारी दिनुभएको छ । आगलागीबाट घाइते हुनुभएका रजालीको स्थानीय श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

छत्रकोटको ग्वाघा रानीवनदेखि लागेको आगोले छत्रकोट गाउँपालिका–२ डाङ्ग्रे बस्ने खीमा रजालीको दुई तले कच्ची गोठसमेत जलेर पूर्णरूपमा नष्ट भएको छ भने सोही ठाउँका दुर्गाबहादुर रजालीकोे गोठमा पनि आगलागी भएको छ । गोठमा आगलागी हुँदा एउटा बाख्रा जलेर मरेको छ ।

आगलागीबाट छत्रकोटकै स्थानीयवासी रुपा बलाल र कुलबहादुर रजालीको कच्ची गोठ जलेको सशस्त्र बलका प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । आगलागी भएको जानकारी पाउनासाथ नेपाल प्रहरी र सशस्त्रको टोली तत्काल घटनास्थल पुगी स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । जिल्लाका अधिकांश वन क्षेत्रमा दिनहुँ आगलागीका घटना बढ्दै जान थालेका छन् ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : समाचार, समाज, सम्पादकीय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!