Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु


नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो ।

नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका–१ मेवाखोला नजिकको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङ चार साथीसहित चिवाभञ्ज्याङ घुम्न आएका थिए ।

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!