Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

न्यायाधीश पक्राउ


न्यायपरिषद्का न्यायाधीश भुवन गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी आजै कपिलवस्तु पठाइएको जानकारी दिनुभयो । श्रीमती आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि आज काठमाडौँ प्रहरीले पक्राउ गरी कपिलवस्तु पठाएको हो ।

गिरीमाथि वैवाहिक बलात्कारको आरोप लागेको छ । उक्त घटनामा कपिलवस्तु प्रहरीले अनुसन्धान गरिरहेको छ ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!