Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

देशभर थप ३३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ८८ पीसीआर परीक्षणमा २१६ र १ हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी जम्मा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८६ रहेको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार ३९४ रहेको छ भने कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ३६ हजार ७३८ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!