Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

पेट्रोलियम पदार्थको मूल्य घट्यो


सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको जनाएको छ ।

निगमले आज विज्ञप्ती जारी गरी मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको जनाएको हो । आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै आज बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । “निगमले सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिव रु १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवम् सरल ढङ्गबाट पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ”, विज्ञप्तीमा भनिएको छ ।
#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : अर्थ, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!