Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

चौँरीपालन व्यवसायलाई संरक्षण गर्नुपर्ने माग


नेपाल डेरी एशोसिएशनले चौँरीपालन व्यवसायलाई सरकारले संरक्षण गर्नुपर्ने माग गरेको छ । एशोसिएशनले यहाँ आज आयोजना गरेको चौँरीपालन व्यवसायसम्बन्धी अन्तरक्रियामा एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले चौँरी, याकपालन व्यवसायलाई सरकारले संरक्षण गर्दै व्यवस्थित बनाउँदा पर्यटन व्यवसाय फस्टाउन सक्ने बताउनुभयो ।

नेपालका २५ हिमाली जिल्लामध्ये १५ जिल्लामा चौँरीपालन हुन्छ । देशभर करिब ११ हजार पाँच सय २७ चौरी गाई रहेको तथ्याङ्क छ । चौँरी चराउन ३२÷३५ सय मिटरको उचाइमा लगिन्छ । कृषि विज्ञ लालकुमार केसीले चौँरीको दूधबाट उत्पादन हुने छुर्पी र चिज विदेशमा महँगो मूल्यमा निर्यात हुँदा विदेशी मुद्राआर्जन हुने बताउनुभयो ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!