Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

मन्त्री फिर्ता बोलाउने जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको निर्णय


काठमाडौं । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार साँझ बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो।

बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष भने अनुपस्थित रहेको एक नेताले बताए। उनका अनुसार बैठकमा २० जना कार्यकारिणी सदस्यहरूको उपस्थिति थियो। कार्यकारिणी समितिमा उपेन्द्र पक्षको बहुमत रहेको बताइन्छ।

बैठकले अब सरकारमा कसलाई मन्त्री बनाएर पठाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको छ। जसपाबाट हाल सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव छन्।

एकीकृत समाजवादीबाट फेरिएका मन्त्रीले शपथ लिएकै दिन जसपाको उपेन्द्र पक्षले यस्तो निर्णय गरेको हो।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!