Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

आदर्श लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने?


काठमाडौं । आदर्श लघुवित्तको आइपीओ बाँडफाँट भएको छ। सोमबार कम्पनीको आइपीओ गोलाप्रथामार्फत् बाँडफाँट गरिएको हो। कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन्।

जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बिक्री बीओके क्यापिटलले जानकारी गराएको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। साथै, आदर्श लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ। नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ।

आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी ६२ हजार ६१५ कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।


क्याटेगोरी : अर्थ, शेयरबजार, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!