Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

पार्टी छोड्ने कुरामा कुनै सत्यता छैन, मन्त्री थमौतिका लागि कहीँ धाइनँ : श्रेष्ठ


काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताएका छन्।

सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भएपनि त्यसमा सत्यता नरहेको बताए। उनले पार्टी छोड्ने भन्ने कुरामा पनि कुनै सत्यता नभएको स्पष्ट पारे।

उनले आफू अहिलेपनि मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको बताए। मन्त्री श्रेष्ठले ८ महिना २१ दिन मन्त्री भएर आफूले गरेका कामहरु सगौरव प्रस्तुत गर्न पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको बताए।

‘नचाहिने हल्लाहरु फिँजाइएका छन्। कुर्सिमा टाँसिरहनका लागि कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे मन्त्रीहरु भनेर पनि आक्षेप आएको छ। हामी मन्त्रीहरुको भनाइ के हो भन्दा लोकतान्त्रिक पद्धतिमा हामीले बजेट पेस गसिकेपछि बजेटको माननीयहरुले सोध्ने प्रश्नको उत्तर पनि दिन पाउँ भन्नेमात्रै हाम्रो कुरा हो’, निवर्तमान मन्त्री श्रेष्ठले भने, ‘यहाँ त लौ टाँसिनलाई पार्टी छोड्छ रे। मन्त्री छोड्नै लागेको छैन रे। प्रधानमन्त्रीलाई प्रेसर रे। यो केही होइन।’

निर्वतमान श्रेष्ठले प्रतिनिधि सभा र राष्ट्रिय सभामा मन्त्रीले बोलिसकेपछि क्रस क्वेशन गर्ने र असन्तुष्टि जाहेर गर्ने कुरा आफूमा लागू नभएकोले पनि सबै काम राम्रो गरेको प्रमाणित भएको दाबी गरे।

एकीकृत समाजवादीको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुराना मन्त्री हटाएर नयाँ मन्त्री थपेका छन्। थपिएका मन्त्रीको आज सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालयमा शपथ हुँदैछ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!