चिनियाँ राष्ट्रपति सी मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा जाने

चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्नुहुने भएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिनु भएको हो । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।
—–
क्याटेगोरी : विश्व
प्रतिक्रिया