Techie IT
  • १३ असोज २०८१, आईतबार
Nepal Gyan

पोखरामा तेस्रो रेवान कप टेनिस सुरु


पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो ।

आज भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गर्नुभयो ।

खेलको पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोस्रोे र तेस्रो सेट आफ्नो पक्षमा पार्नुभएको हो । अर्को खेलमा आयोजक सङ्घका उपाध्यक्षसमेत रहेका नवीन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गर्नुभयो ।

त्यस्तै अन्य खेलमा कर्ण तामाङले पदम गुरुङ (लेकसाइड) लाई ६–२, ६–१ ले, पदम गुरुङ (नदीपुर)ले वीरेन्द्र लामालाई ६–४, ५–७ र सुपरटाईमा १०–३ ले, विकाश गुरुङ (हङकङ) ले इन्द्र गुरुङ (चाउथे) लाई ६–०, ६–१ ले तथा लक्ष्मण तामाङले अमृत कार्कीलाई ७–६, ६–३ ले पराजित गर्नुभयो ।

त्यस्तै विनोद कायस्थले केवि तामाङलाई ६–२, ६–० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६–१, ६–० ले शरण गुरुङले लोक गुरुङलाई ६–१, ६–४ ले, उज्वल तज्याले सिरोज कोइरालालाई ६–३, ६–१ ले पराजित गर्दै दोस्रोचरणमा स्थान बनाउनुभयो । यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६–२, ६–२को सेटमा पराजित गर्दै विजेता बन्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटनमा कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक गुरुङले कास्कीमा टेनिस गतिविधिलाई चलायमान बनाउन तथा नयाँ खेलाडीलाई टेनिसतर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनि यो प्रतियोगिता गर्दै आएको जानकारी दिनुभयो ।

चैत ५ सम्म सञ्चालन हुने प्रतियोगितामा सिङ्गलतर्फ ३२ र डबल्सतर्फ १६ टीमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजारसहित ट्रफी तथा द्वितीय हुने खेलाडीले नगद पाँच हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!