बाइडेनले अमेरिकी रक्षा बजेट आठ खर्ब छ्यासी अर्ब डलर मागे

अमेरिकी राष्ट्रपति जो बाइडेनको रेकर्ड शान्तिकालीन राष्ट्रिय रक्षा बजेट ८ खर्ब ८६ अर्ब अमेरिकी डलर बराबरको माग गरेका छन् ।
सेनाका लागि तलब वृद्धि ५.२ प्रतिशत गरी अमेरिकी इतिहासमा अहिलेसम्मकै सबै भन्दा बढी रक्षा बजेट माग गरिएको हो ।
युक्रेनमा रूसी आक्रमणले हतियारमा थप सैन्य खर्चको मागलाई बढावा दिन्छ ।
बाइडेनको अनुरोधले पेन्टागनका लागि थप ४४ अर्ब डलर माग गरिएको हो ।
संघीय अनुसन्धान ब्यूरो, ऊर्जा विभाग र अन्य एजेन्सीहरूमा रक्षा सम्बन्धी कार्यक्रमहरूको लागि ८ खर्ब ४२ अर्ब छुट्याइएको छ ।
राष्ट्रिय सुरक्षा बजेट ८ खर्ब ८६ अर्ब अमेरिकी डलर बराबर मागिएको हो ।
गत वर्ष लागू गरिएको रक्षा बजेट ८ खर्ब ५८ अर्ब अमेरिकी डलर भन्दा यो बढी हो ।
क्याटेगोरी : विश्व
प्रतिक्रिया