Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

चलचित्र ‘घनचक्कर’ आजबाट प्रदर्शनमा


काठमाडौं । नेपाली चलचित्र ‘घनचक्कर’ शुक्रबार (आज) बाट प्रदर्शनीमा आएको छ। निर्माण सुरु भएको ४ वर्षपछि आजबाट देशभरका सिनेमा हलमा प्रर्दशन भएको हो।

चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, जेबी डीसी, आशान्त शर्मा लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्र जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन्।

हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी छ।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!