Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

अमेरिकासँग बन्दी आदानप्रदानको सहमति भएको इरानको भनाइ


इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको आदानप्रदानको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिनुभएको हो । तर अमेरिकाले भने यस कुराको खण्डन गरेको छ ।

इरानले दुई देशका बीचमा बन्दी आदानप्रदानको सहमति भएको जनाएको केही समयमा नै अमेरिकाले सो सहमति नभएको प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ ।अघिल्लो हप्ता नै अमेरिकासँग सो सहमति भएको इरानले सोमबार जनाएको छ । इरानका विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहीनले सो कुराको जानकारी सोमबार एक टेलिभिजनमार्फत् दिनुभएको थियो ।

इरानको सरकारी समाचार समिति आइआरएनले इरानका विदेशमन्त्रीको भनाइलाई उद्धृत गर्दै दिएको समाचारमा उहाँले यदि अहिले भएको सहमति अनुसार नै प्रक्रिया अघि बढ्यो भने आगामी केही दिनमै यी दुई देशका बन्दी एक आपसमा आदानप्रदान गर्न सकिने छ भन्नुभएको छ ।

दुबै देशले गत वर्ष सन् २०२२ को मार्च महिनामा नै सहमति गरेका र अहिले त्यो सहमति बमोजिम इरानका जेलमा रहेका अमेरिकी र अमेरिकाका जेलमा रहेका इरानी बन्दी आदानप्रदानको काम अबका केही दिनमा हुने उहाँको भनाइ थियो । तर उता अमेरिकाले भने सो सहमतिको नजिक नपुगिएको जनाएको छ।
–––


क्याटेगोरी : विश्व

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!