Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

आइसीसी लिग–२ : नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य


आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालले २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको अवस्थामा कप्तान रोहितकुमार पौडेलले पारी सम्हाले । उनले ११२ बल खेल्ने क्रममा नौ चौकासहित ७७ रन बनाए ।

यस्तै, आरिफ शेखले ५२ बल खेल्दै ४३, गुल्सन झाले ३१ बलमा ३७, दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३४ रन र भीम सार्कीले ३७ बल खैल्दै २९ रन बनाए । बलिङतर्फ यूएईका लागि आयान अफजल खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई÷दुई तथा आर्यन लाक्रा र जुनैद सिद्धिकीले एक÷एक विकेट लिए । यूएई केहीबेरमा जवाफी ब्याटिङ गर्ने तयारीमा छ ।
–––


क्याटेगोरी : खेलकूद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!