Techie IT
  • १२ असोज २०८१, शनिबार
Nepal Gyan

पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने


संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि सुरुआत हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै अब पपुवा न्युगिनीले पहिला ब्याटिङ गर्नेछ । लिग–२ मा २८ खेलमा १२ मा जित तथा १४ खेलमा हार बेहोरेको नेपाल २६ अङ्का साथ छैटाँै स्थानमा छ । त्यस्तै पपुवा न्युगिनी २८ खेलमा दुईमा जित र २५ खेलमा हारसहित पाँच अङ्कका साथ अन्तिम स्थानमा छ ।

लिग–२ मा स्कटल्याण्ड पहिलो स्थानमा छ भने ओमन दोस्रो स्थानमा छ । त्यस्तै नामिविया तेस्रो, अमेरिका चौथो र युएई पाँचै स्थानमा छन् । पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल आसिफ शेख, करण केसी, आरिफ शेख, सोमपाल कामी, कुशल मल्ल, गुलशन झा र प्रतिश जिसी छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!