Techie IT
  • १२ असोज २०८१, शनिबार
Nepal Gyan

कलाकार स्व. जयनन्द लामाको सालिक अनावरण


ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता तथा फिल्म निर्माता एवं निर्देशक स्व. जयनन्द लामाको सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ३ धार्पामा सालिक अनावरण गरिएको छ।

शुक्रबार जयनन्द लामा स्मृति कोषले एक कार्यक्रमका बीच धार्पास्थित उनक निजी जग्गामै शालिक निर्माण गरी अनावरण गरेको हो। ६ फिट उचाइको सो सालिक करिब १५ लाख रुपियाँमा निर्माण गरी स्व. लामाको जन्मभूमिमै निर्माण गरी अनावरण गरिएको कोषका अध्यक्ष तथा जयनन्दका जेष्ठ पुत्र टेकनन्द लामाले जानकारी गराए।

शुक्रबार उक्त सालिकलाई एक समारोहबीच अनावरण गरिएको छ ।

डम्फु बजाएर नाचिरहेको भावमा सालिकको डिजाइन गरिएको छ । बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङको उपस्थितिमा कलाकार भैरवबहादुर थापा र बागमती प्रदेशकी सदस्य मसिना खड्काले सालिक अनावरण गरेका हुन् ।

लामा अभिनित अन्तिम फिल्म ‘ए साथी सुन’ चैत १० गते प्रदर्शनको तयारीमा छ । गत वर्ष फागुन ११ गते उनी भक्तपुरको मध्यपुरथिमि-१ स्थित निवासको गेटअघि उनी मृत भेटिएका थिए ।

नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० को दशकमा ‘मनको बाँध’बाट फिल्ममा अभिनय यात्रा थालेका उनले सिक सिटी, वडा नम्बर ६, सुश्री सम्पत्ति, यात्रा, कान्छी, भैरे, छक्का पञ्जा १,२,३, साली कसको भेनाको, जय भोले, दाल भात तरकारी, पसिना, न यता न उता, रातो टीका निधारमा, पोई पर्‍यो काले, लक्का जवान, कबड्डी ४, त्यो एक दिनलगायत दर्जनौं फिल्मका विभिन्न भूमिकामा अभिनय गरेका थिए भने जिरे खुर्सानी, गोलमाल, हर्के हवल्दार, हल्का रमाइलोजस्ता दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए।

पहिलो क्यासेट एल्बम निकाल्ने गायकको रूपमा समेत चिनिएका स्व. जयनन्द ले दुई सयभन्दा बढी बढी गीत गाएका छन् ।

पहिलो तामाङ भाषाको फिल्म ‘छोमरी छोरङान’को लेखन तथा निर्देशन समेत जयनन्दले गरेका थिए । उनका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोकगीत अहिले पनि चर्चित छन् । उनले ‘नेपाल लोक स्टार’मा निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।

इलाहावादबाट संगीतमा स्नातकोत्तर गरेका उनले त्रिविमा एमम्युजका विद्यार्थीलाई ४ वर्ष जति पढाएका थिए। उनी संगीतसम्बन्धी पुस्तक प्रकाशन गर्न २०६४ र २०६६ सालमा आफैंले निकालेको नेपाली संगीत वर्णमाला र संगीतको सिद्धान्त नामक पुस्तक किताबको अध्ययन गरिरहेका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!