Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

आज वर्षकै सबैभन्दा लामो दिन


काठमाडौं। आज जून २१ तारिख अर्थात् यस वर्षको सबैभन्दा लामो दिन हो। नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ। यति लामो समय यो वर्षमै अरू दिन हुनेछैन।

सामान्यतया: आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ। आज काठमाडौंमा बिहान सूर्योदय ५ बजेर ९ मिनेटमा भएको छ भने सूर्यास्त ७ बजेर ३ मिनेटमा हुनेछ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ। जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ।

भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ। डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्दछ। डिसेम्बर २१ बाट भने दिन क्रमशः बढ्दै जानेछ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!