Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

सत्तारूढ नेकपा एसको युवा संघले बालुवाटारमा प्रदर्शन गर्ने, थाल ठटाउने


काठमाडौं । सत्तारूढ नेकपा एकीकृत समाजवादीनिकट युवा संगठन युवा संघ नेपालले महंगी र भ्रष्टारविरुद्ध बालुवाटारमा प्रदर्शन गर्ने भएको छ।

मंगलबार बेलुका पाँच बजे बालुवाटारको पिपलबोटमा प्रदर्शन एवं थाल ठटाउने कार्यक्रम रहेको युवा संघका अध्यक्ष नरेश शाहीले जानकारी दिए।

असारको बेला किसानहरूले मल नपाएको तर दलाल र माफियाको अचाक्ली बिगबिगी रहेको र महंगी दिनदिनै बढेको भन्दै युवा संघले सरकारविरुद्ध प्रदर्शन गर्न लागेको हो।

‘महंगीले आकाश छोयो। गरिब, किसान, मजदुर, आमजनताको चुलो बल्न गाह्रो हुने भयो। महंगी, भ्रष्टाचार र माफियागिरिकाबिरुद्ध आन्दोलनमा उत्रिन सम्पूर्ण आमजनसमुदायमा हार्दिक अपिल गर्दछु’, शाहीले भनेका छन्।


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!