युक्रेन सम्बन्धमा रूसलाई ‘दबाब’ दिन इटालीको आग्रह
युक्रेनमा ‘न्यायोचित शान्ति’ खोज्न रूसलाई दबाब दिन इटालीले चीनसँग आग्रह गरेको छ ।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले बिहीबार रोम भ्रमणमा रहेका आफ्ना चिनियाँ समकक्षीलाई युक्रेनमा जारी युद्ध रोक्न रूसलाई दबाब दिन आग्रह गर्नुभएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्तापछि ताजानीले जारी गरेको वक्तव्यमा भनिएको छ, “शान्तिको दिशामा अघि बढ्न चीनले आधारभूत भूमिका खेल्नुपर्छ ।”
“बेइजिङले यस दिशामा प्रतिबद्धता जनाउन तयार छ भन्नेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो ।
युरोपेली भ्रमणको अन्त्यमा वाङले रूसको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
वाङसँगको वार्तामा ताजानीले कूटनीति, प्रभावकारी प्रतिबन्ध, मानवीय सहायता र ‘न्यायोचित शान्ति’का लागि वातावरण निर्माण गर्न रूसलाई दबाब दिनुपर्ने आवश्यकतालाई दोहो¥याउनुभएको थियो ।
याङले बुधबार पेरिसको भ्रमण गर्दा उहाँ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सको राष्ट्रपतिकोे कार्यालयले जनाएको छ ।
सन् २०२१ मा चीनमा मुस्लिम उइगर समुदायमाथि दमन भएको भन्दै विरोधमा बेइजिङमाथि प्रतिबन्ध लगाएपछि चीन र युरोपियन युनियनबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।
जवाफमा चीनले पनि ईयूविरूद्ध केही प्रतिबन्ध लगाएको थियो ।
—
क्याटेगोरी : समाचार
प्रतिक्रिया