Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको छ, म सफल बनाउने अभियानमा छु : रामचन्द्र पौडेल


तनहुँ । नेपाली कांग्रेसका नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन्।

जिल्लाका सञ्चारकर्मीसँग सोमबार निवासमा कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गरे।

देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भने, ‘देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु।’


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!