Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सार्वजनिक सवारीको भाडा बढ्यो


काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि स्वचालित प्रणालीअनुसार भाडा समायोजन (वृद्धि भएको) विभागले जनाएको छ।

विभागका अनुसार यात्रुवाहक सवारीमा ५.३० प्रतिशत भाडा बढेको छ। यस्तै, मालवाहक सवारीको हकमा पहाडी बाटोमा सञ्चालन हुने सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ७.७ प्रतिशत भाडा बढाइएको विभागले जानकारी दिएको छ।

विभागले प्रचलनमा ल्याएको स्वाचालित प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा वा घटेमा सार्वजनिक सवारीको भाडा समायोजन गरिन्छ।

पछिल्लोपटक इन्धनको मूल्य १६ प्रतिशतको हाराहारीमा बढेपछि सवारीको भाडा पनि बढेको हो।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!