Techie IT
  • १२ असोज २०८१, शनिबार
Nepal Gyan

बार्यनसँग हार्यो पिएसजी


जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० गोल अन्तरमा पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा किङ्स्ले कोम्यानको निर्णायक गोलमा बार्यनले जित निकालेको हो ।

कोम्यानले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । खेलको ८२ औं मिनेटमा केलियन एमबाप्पेले पिएसजीका लागि जवाफी गोल त फर्काए तर त्यसले मान्यता पाएन ।

निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम मिनेटमा बायर्न १० खेलाडीमा खुम्चियो । इन्जुरी समयमा बायर्नका बेन्जामिन पाभर्डले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि बार्यन १० खेलाडीमा सीमित बनेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!