Techie IT
  • १२ असोज २०८१, शनिबार
Nepal Gyan

यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता


यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो ।

मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर सङ्गठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उहाँका प्रेस विज्ञ कमल गिरीले जानकारी दिनुभयो ।

ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!