Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

आदर्श लघुवित्तको आईपीओ भर्नुभयो? आइतबार सकिँदैछ आवेदन दिने समय


काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने समय आइतबार सकिँदैछ। लगानीकर्ताले आज आइतबारसम्म आईपीओ भर्न सक्नेछन्।

कम्पनीले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको हो।

लघुवित्तले निष्काशन गरेको कूल ६७ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० देखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत् पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।


क्याटेगोरी : अर्थ, शेयरबजार, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!