Techie IT
  • १२ मंसीर २०८१, बुधबार
Nepal Gyan

गगन थापाको माग : बञ्चरेडाँडा र सिसडोलमा जग्गा अधिग्रहणका लागि अहिले नै बजेट छुट्याइयोस्


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सिसडोल र बञ्चरेडाँडाका स्थानीयको जग्गा अधिग्रहणका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।

यही वर्षको बजेटबाट जग्गा अधिग्रहणका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्नका लागि थापाले माग गरेका हुन्।

शुक्रबार शहरी विकास मन्त्रालयमा आयोजित सर्वपक्षीय बैठकमा सहभागी हुँदै थापाले बजेट माग गरेका हुन्। स्थानीयहरुले तत्काल विश्वास गर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले काम प्रारम्भ गर्ने लिखित निर्णय गर्न सुझाए।

‘अहिले यति छलफल भइसकेपछि स्टेरिङ कमिटीको एउटा बैठक राखेर खासगरी जग्गा अधिग्रहण र अन्य विषयलाई लिएर थप क्यालिफाइ गरेर यसै वर्ष बजेट छुट्याउने र काम प्रारम्भ गर्ने भन्ने निर्णय गरिनुपर्छ,’ उनले भने, ‘जुन कुराले हामीलाई त्यहाँ अनुगमनमा जानका लागि र स्थानीयलाई विश्वास दिलाउन सहज हुन्छ।’

विश्वासको संकट भएकाले जग्गा अधिग्रहणकै लागि अहिले नै बजेट राखिनुपर्ने थापाले बताएका छन्।

खासगरी नुवाकोटको सिसडोल र धादिङको बञ्चरेडाँडाका स्थानीयले यसअघि पनि सरकारले पटक पटक सहमति गरेर कार्यान्वयन नभएको गुनासो गरेका थिए।

यसअघि गत सोमबार शहरी विकास मन्त्रालयमा भएको सहमतिलाई पनि स्थानीयले मानेका थिएनन्।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!