Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

पेट्रोलिय पदार्थमा मूल्य बढाएको भन्दै महेश बस्नेतले दिए सरकारलाई बधाई


काठमाडौं । नेकपा एमाले सांसद महेश बस्नेतले सरकारले जनतालाई मूल्य वृद्धिको उपहार दिएको भन्दै व्य‌ंगात्मक रुपमा बधाई दिएका छन्।

‘सरकारले फेरि पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ’शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बस्नेतले भने, ‘जनता भोकै मर्नु पर्ने गरि सरकारले चालेको यो कदमका लागि प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हार्दिक बधाई छ।’

सांसद बस्नेतले अब लामो समय विकास बजेट खर्च नहुने अवस्था देखिएको बताए। निर्माण व्यवसायीले भुक्तानी नै नपाएका कारण अब विकास नै नहुने अवस्था बन्ने उनको भनाइ थियो।

भक्तपुरसँग मन्त्री र प्रधानमन्त्रीको झगडा परेको उनको भनाइ थियो। भक्तपुरलाई विगतमा छुट्टाइएको रकम पनि कटौती भएको भन्दै उनले विकास र राहत दिने कार्य यो सरकारले नगरेको आरोप लगाए ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!