Techie IT
  • ११ असोज २०८१, शुक्रबार
Nepal Gyan

बालेनविरुद्ध माइतीघरमा आज प्रदर्शन हुँदै


रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा जनसागर उत्रिएको भोलिपल्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

निजी जग्गामा डोजर चलाउने काठमाडौं महानगरपालिकाको कदमको विरोधमा मेयर शाहविरुद्ध आइतबार दिउँसो २ बजे विरोध प्रदर्शन हुने भएको हो । मेयर साहले महानगरपालिकाको नेतृत्व लिएपछि नक्सापासबिना अनधिकृत ढंगले बनाइएका संरचना हटाउने अभियान सञ्चालन गर्दै आएका छन् । केही समयअघि महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने प्रयास गरेको थियो । जुन चौतर्फी विरोधपछि अहिले स्थगित छ ।

उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिको नेतृत्वमा आइतबार बालेनविरुद्ध प्रदर्शन हुने भएको हो । यो समितिका संयोजक गत स्थानीय तह निर्वाचनमा बालेनका प्रतिस्पर्धी सुमन सायमी हुन् ।

सायमीले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएर सहरी सुव्यवस्थामा खलल पार्ने काम महानगरबाट भएकाले मेयर बालेनविरुद्ध प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी बनेका बालेनको कार्यशैलीलाई लिएर अनेक प्रश्न उठ्न थालेका छन् । खासगरी लहडका भरमा बिनाअध्ययन काम गर्ने गरेको र जवाफदेहिताबाट पन्छिएको आरोप उनीमाथि छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!