Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

नेविसंघले खाेल्याे त्रिविकाे तालाबन्दी, निष्पक्ष छानविन समिति माग


काठमाडौं । कांग्रेस समर्थित नेपाल विद्याथी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दीसहितको आन्दोलन कार्यकमहरु स्थगित गरेको छ ।

पन्ध्र दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गर्दै नेविसंघले तत्कालका लागि आन्दोलन कार्यकमहरु स्थगित गरेकाे हाे ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले त्रिविभित्रको भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृङखलाबद्ध प्रणालीगत प्रहारका बारेमा छानविन समितिको माग गर्दै तत्कालका लागि तालाबन्दीसहितको आन्दोलन स्थगित गरेको जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘विद्यार्थी र प्राध्यापकका जायज मागको बेवास्ता गर्दै बन्द कोठाभित्र बसेर दैनिक प्रशासन चलाएका पदाधिकारीले जवाफ दिनु पर्ने बेला आएको छ। तालाबन्दी भएपछि कुन कुन निर्णय केको आधारमा कहाँ बसेर गरियो? अदालत र राष्ट्रिय मानव अधिकार आयोगले समेत संवाद र बार्ताबाट समस्या समाधानको बाटो रोज्न गरेको आग्रहलाई लत्याएर अमुक विद्यार्थी संगठनलाई उचाल्न खोजेको हो भने त्यो दुर्भाग्यपुर्ण छ र पदाधिकारीहरुले पदमा बसिरहने नैतिक हैसियत गुमाइसकेको देखिन्छ ।’

लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा जारी रहेको प्राध्यापक तथा विद्यार्थीको आन्दोलनमा त्रिवि सुधारको माग राख्दै नेविसंघले त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!