Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

वेपत्ता विमान अहिलेसम्म फेला परेको छैन : प्रहरी


काठमाडौं । पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान अहिलेसम्म फेला नपरेको सुरक्षाकर्मीले जनाएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डएसपी सुन्दर तिवारीले विमानको खोजी जारी रहेपनि अहिलेसम्म फेला नपरेको नेपाल लाइभलाई जानकारी दिए।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख तथा डीएसपी रामप्रसाद दानीले पनि विमान फेला पार्न नसकिएको बताए।

‘अहिलेसम्म विमान फेला पार्न सकिएको छैन। हामी खोजी कार्यमै छौं’, डीएसपी दानीले नेपाल लाइभसँग भने।

आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो।

विमानमा २ जमर्न नागरिक, चार भारतीय, १३ नेपाली यात्रु सवार थिए। चालक दलका तीन सदस्य थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!