Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

स्पेनले लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनलाई सघाउने


स्पेनले हाल लेबनानमा कार्यरत रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनलाई थप सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो इच्छा व्यक्त गर्नुभएको बताइएको छ । उहाँ लेबनान भ्रमणमा जानुभएको छ ।

त्यस क्रममा उहाँले लेबनानमा रहेको स्पेनको सैन्य समूहको कार्यको पनि निरीक्षण गर्नुभएको छ । हाल लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (युनिफिल) रहेको छ । सो मिसनले यहाँ शान्ति स्थापना गरी यहाँको आन्तरिक सङ्कट र विद्रोहलाई शान्तिपूर्ण माध्यमबाट समाधानका गर्नका लागि काम गरिरहेको जनाएको छ ।

यहाँ स्पेनको सैन्य बटालियन सन् २००६ देखि नै काम गरिरहेको छ । स्पेन लेबनानमा शान्ति सेना पठाउने सबैभन्दा ठूलो देश हो । स्पेनका प्रधानमन्त्री सान्चेजले हालैका वर्षहरुमा लेबनानले सिरियाली र अरु शरणार्थीहरुलाई शरण दिइरहेको विषय प्रशंसा पनि गर्नुभएको थियो ।

साथै उहाँले आगामी दिनमा स्पेनले लेबनानलई विभिन्न हिसाबले सहयोग पु¥याउने भन्दै स्पेनले युरोपियन युनियनमार्फत् सहयोग गर्ने बाचा पनि गर्नुभएको थियो । यसैबीचमा लेबनानी प्रधानमन्त्री नजिब मिकाटीले पनि स्पेन सरकारलाई धन्यवाद दिनुभएको थियो । स्पेनले छ सयभन्दा बढी शान्ति सैनिक पठाएर लेबनानमा शान्तिका लागि सहयोग गरेको भन्दै प्रधानमन्त्री नाजिबले स्पेनका प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।
–––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!