Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

सत्ता गठबन्धनको बैठक संसद भवनमा जारी


संसद भवन नयाँबानेश्वरमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायतका दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

हिजो राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शपथ ग्रहण गर्नेछन् ।

आजै सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी भएकाले गठबन्धनका दलहरु छलफलमा व्यस्त भएका हुन ।

सत्ता गठबन्धनको छलफलमा पुर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई पनि सहभागि भएका छन् । तर बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि भने देखिएका छैनन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!