Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

शिक्षक हत्या प्रकरणः आरोपित दुईजना सार्वजनिक


बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई सावर्जनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलन प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पुचौडी नगरपालिका–३ का प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो ।

सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत भेटिएका थिए । प्रहरीले सार्वजनिक गरेका श्रीमान्–श्रीमतीले आफूहरूले हत्या गरेको स्वीकारेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

विष्टको मृत्यु भएपश्चात् शवलाई लुकाउन प्रजा र बिमला दुवैले बोकेर नजिकैको केत्तुकेको झारीमा फालेका थिए । दुवैजना विरुद्ध बैतडी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान कार्य जारी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । यसअघि हत्यामा संलग्नको सार्वजनिक गर्नुपर्ने माग गर्दै विभिन्न आन्दोलन तथा शव नबुझेका आफन्तले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्दै शव पनि बुझेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!