Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

अमेरिकी संसद्‌मा जेलेन्स्कीको सम्बोधन: ‘युक्रेनले कहिल्यै आत्मसमर्पण गर्दैन’


युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको भरिभराउ संयुक्त सत्रलाई सम्बोधन गर्दै युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए।

जेलेन्स्कीले “सबै प्रतिकूलताका विरुद्ध…युक्रेन जीवित रहेको र मुकाबला गरिरहेको” बताए।

बारम्बारको ताली र उभिएर दर्साइएका सम्मानबीच जेलेन्स्कीले अमेरिकी जनता र कङ्ग्रेसलाई उनीहरूको सहयोगप्रति धन्यवाद दिए।

उनले खुला रूपले सोच्ने विश्वसामु रुसी अत्याचारले नियन्त्रण गुमाएको र युक्रेनले “कहिल्यै आत्मसमर्पण नगर्ने” बताए।

त्यसअघि राष्ट्रपति बाइडनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै दुई अर्ब अमेरिकी डलर दिने पुष्टि गरे जसमा युक्रेनले माग गरिरहेको अमेरिकी पेट्रोइट भनिने जमिनदेखि हवाई प्रहारको क्षेप्यास्त्र प्रहार सम्बन्धी प्रणाली समेत छ।

यसअघि बुधवार बोलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धका लागि आफ्नो देशलाई दोष दिन नहुने बताएका थिए।

“दुवै देशले शोक बाँडिरहेको” बताएका पुटिनले युद्धका लागि “तेस्रो देशका नीतिहरू” जिम्मेवार रहेको बताए।

थप अमेरिकी सहयोगको बाचा


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!