Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

अवैध चामल बरामद


भारतबाट अवैधरूपमा नेपाल भित्रिएको चामल प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महनागरपालिका–११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको चामल आज प्रहरीले बरामद गरेको हो ।

राजस्व छली भित्र्याइएको चामल रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी बिक्री वितरण हँुदै आएको पूर्वसूचनाका आधारमा चारवटा गोदाममा छापा मार्दा पाँच सयभन्दा बढी बोरा भारतीय चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँले भरियाको मद्दतले राजस्व छली भित्र्याइएको चामल स्थानीय सुजित कलवार, विनोद कलवार, श्यामकिशोर वरणवाल र प्रदुमन गुप्ताको घरमा रहेको गोदामबाट बरामद गरिएको बताउनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको गोदाममा कति बोरा चामल छ त्यसको गन्ती गर्ने कार्य भइरहेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । उहाँले घटना मुचुल्कापछि बरामद गरिएको सबै चामल जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको बताउनुभयो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!