Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

भारतीय अभिनेता ओबराय नेपालमा


भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुग्नु भएको छ । उहाँ परिवारसहित घुम्न आउनुभएको हो ।

व्यवसायी पुनम यादवको निम्तोमा आउनुभएका अभिनेता ओबराय दश दिन नेपालमा रहनुहुने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।
–––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!